विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार स्वस्थ रहनका लागि एक जना परिपक्व व्यक्तिले प्रति दिन (आलु बाहेक) ४०० ग्राम तरकारी उपभोग गर्नु पर्दछ । त्यसैगरी, नेपाल सरकारको अनुसार प्रति दिन ३७५ ग्राम तरकारी (आलु बाहेक) उपभोग गर्नु पर्दछ । तथापी, विषेश गरी नेपालको ग्रामीण भेगमा बजारको उपयुक्त पहुँच नहुनु र मौसम अनुसार पर्याप्त मात्रामा तरकारी उपलब्ध नहुनुले तोकिए बमोजिमको तरकारी उपभोग गर्न समस्या हुँदै आएको छ । तसर्थ, नेपालको ग्रामीण भेगका लागि करेसाबारी एकदमै महत्वपूर्ण छ, जहाँ घर नजिकै पर्ने सानो जग्गामा नियमित रुपमा तरकारी उत्पादन गर्न सकिन्छ । यद्धपी, नेपालका धेरै ग्रामीण किसानहरुले उपयुक्त तरकारी खेती प्रविधि अपनाउन नसकेको पाईन्छ, जसले गर्दा सिमित उत्पादन तथा प्रायः रोग तथा कीराहरुको प्रकोप पनि भेटिन्छ । अतयबः सिमित उत्पादनमा चित्त बुझाउनु पर्ने बाध्यता छ ।
अतः करेसाबारीमा प्रभावकारी तरिकाबाट गुणस्तरीय बीउको प्रयोग तथा उपयुक्त तरकारी खेती प्रविधि अपनाई उल्लेखनीय रुपमा तरकारी उत्पादन वृद्धि गर्न सकिन्छ । यसले ग्रामीण घर परिवारलाई आफ्नो स्वः उपभोगको लागि बढी भन्दा बढी तरकारी सुरक्षण गर्न सक्षम बनाउँछ । अन्ततः ग्रामीण मानिसहरुलाई स्वस्थ जीवन जिउन पनि योगदान पु-याउँछ ।
पुस्तिका Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।