आलु नेपालको खाद्यान्न बाली मध्ये एकप्रमुख बाली हो । नेपालमा आ.व. २०७१/७२ मा प्रतिहेक्टर औसत १३.१३ मेट्रिक टन आलु उत्पादन भएको पाइन्छ (कृषि डायरी, वि.सं २०७३), जुन अन्य विकसित क्षेत्रहरुको तुलनामा एकदमै कम हो । विशेषतः उत्पादनमा वृद्धि गर्नका निमित्त गुणस्तरीय आलुका बीउ दाना उत्पादन र सुधारात्मक खेती प्रविधि प्रमुख कारक तत्वहरु हुन् । गुणस्तरीय बीउ भन्नाले बीउ जन्य रोग रहित आलुका दानाहरु हुन् । सामान्यतयाः समुन्द्र सतह देखि २००० मिटर भन्दा माथि नेपालको उच्च पहाडी क्षेत्र गुणस्तरीय आलुको बीउ उत्पादन गर्न उपयुक्त हुन्छ (कृषि विकास मन्त्रालय, नेपाल) ।
बीउ दानाबाट सर्ने रोगहरु छिट्टै फैलन्छन्, र यसलाई रासायनिक विषादीले पनि तत्काल नियन्त्रण गर्न मुस्किल पर्दछ । स्वस्थ र रोग निरोधक आलुका बीउ दानाको प्रयोग र बालीको चक्रसँगै नियमित बाली निरीक्षण गर्नाले बीउजन्य रोगहरु नियन्त्रण गर्न सकिन्छ । तसर्थ, यस हाते पुस्तिकाले सामुहिक रुपमा सहकारी मार्फत सुधारात्मक खेती प्रविधि अपनाई गुणस्तरीय आलुका बीउ दानाहरु उत्पादन गर्ने उपायहरु प्रदान गर्न खोजेको छ ।
पुस्तिका Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।