बाख्रापालन प्रविधिसम्बन्धी व्यावहारिक पुस्तिका

 

बाख्रापालन व्यवसाय नेपालमा हिमाल देखि तराईसम्म परम्परागत रुपमा परापूर्व काल देखिनै पालन गरिँदै आएको छ । नेपालमा उपभोग हुने कुल मासु मध्ये करिब २० प्रतिशत मासु खसि बोकाको हुन्छ । नेपालमा कुल पशुहरूको संख्या मध्ये पनि बाख्राहरूको संख्या सबैभन्दा बढी करिब १ करोड भन्दा अलि बढी रहेको देखिन्छ ।

बाखापालन व्यवसाय थोरै लगानीबाट शुरु गर्न सकिने हुँदा यसबाट साना कृषक तथा महिला वर्गका लागि रोजगारी तथा आयआर्जनको भरपर्दो पेशाको रुपमा लिन सकिन्छ । हाल उत्पादन भैरहेका खसि बोका देशको माँग भन्दा निकै न्यून मात्रामा रहेका छन् । दशै तिहार जस्तो चाडपर्वका बेला लाखौ खसि बोका भारत तथा चिनबाट आयात गर्नुपर्ने स्थिति रहेको छ साथै ठूला शहरहरूमा खसिको मासु सहजै पाउन नसकिने तथा मँहगो मुल्यमा खरिद गर्नुपर्ने हुन्छ । त्यसैले देशभित्र खसि बोकाको उत्पादनलाई बृद्धि गर्न आत्मनिर्भर बन्न तथा पशुपालन पेशालाई मर्यादित आयमुलक व्यावसायिक बनाउन बाख्रापालनको निकै महत्व रहने देखिन्छ। 

बाख्रा पालन प्रविधि सम्वन्धि पुस्तक pdf मा तल दिइएको link बाट Download गर्नुहोस्।






Post a Comment (0)
Previous Post Next Post