रेन्बो ट्राउट माछा उत्पादन प्रविधि २०७५


 स्वादको हिसावले अति मिठो मानिने रेन्वो ट्राउट माछा स्वच्छ, सफा र चिसो पानीमा पालिने मांसाहारी जातको माछा हो । यो माछालाई बढी घनत्वमा बगी रहेको पानीमा पाल्न सकिन्छ । यसको उद्गम उत्तरी अमेरिका मानिन्छ । सन् १८७७ मा अमेरिकाबाट जापानमा आयात गरी पालन गरिएको यो माछा बिस्तारै एशियाका अन्य देशहरूमा विस्तार भएको पाइन्छ । वर्तमान अवस्थामा अमेरिका, जापान, इरान जस्ता देशमा यसको उत्पादन अत्यधिक हुने गर्दछ । नेपालमा सर्वप्रथम रेन्वो ट्राउटका भुराहरू सन् १९६८ मा भारत र ब्राउन ट्राउटका भुराहरू सन् १९७१ मा बेलायतबाट आयात गरिएको थियो । सन् १९८८ तिर नेपाल सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तवाट रेन्वो ट्राउटका ५०,००० भ्रूण फुल आयात गरी गोदावरीमा हुर्काइएको र सो बाट ८० प्रतिशत ह्याचलिङ उत्पादन भएको विगतका तथ्यांकहरूले देखाउछ । उत्पादित हयाचलिङलाई गोदावरी तथा त्रिशुली मत्स्य अनुसन्धान केन्द्रहरूमा पटक पटक गरिएका अनुसन्धान तथा परिक्षण कार्यक्रमहरूबाट रेन्बो ट्राउट (Oncorhynchus mykiss) अनुसन्धान तथा परिक्षण कार्यक्रमहरूबाट रेन्बो ट्राउट (Oncorhynchus mykiss) माछाको प्रविधि नेपालमा विकसित भएको र सोही प्रजातिका माछाहरूबाट हालसम्मको कार्यक्रमले निरन्तरता पाएको देखिन्छ ।यो माछा चिसो र सफा पानीमा हुर्कने भएकोले ज्यादै स्वादिलो हुन्छ । पौष्टिकताको दृष्टिकोणले पनि विशेष महत्व राख्दछ । यो माछाको मासुमा स-साना कांडाहरू नहनु यसको विशेषता हो । ट्राउट माछामा पाइने ओमेगा ३ भन्ने तत्व मानव स्वास्थ्यका लागि अति राम्रो मानिन्छ । रेन्बो ट्राउटमा बोसोको मात्रा अरु मासुजन्य खाद्य पदार्थहरू भन्दा कम हुनुका साथै अरु महत्वपूर्ण पोषक तत्वहरू पनि पाइन्छ । फ्याटी एसिडले दिमाग तथा छालाको राम्रो विकास गर्दछ । यसको अतिरिक्त उच्च रक्तचाप र कोलेस्टोरेल कम गर्नुको साथै जोर्नीको दुखाई समेत कम गर्दछ । तसर्थ माछा मुटु रोगीका लागि समेत उत्तम मानिन्छ ।

यस सम्बन्धी पुस्तक को लागि तलको Download बटनमा click गर्नुहोस्।




Post a Comment (0)
Previous Post Next Post