तरकारी बालीका लागि प्याकेज अफ प्राक्टिस

 

पोषण सुरक्षाका हिसाबले मात्र नभई आर्थिक, औद्योगिक, पर्यटन, रोजगारी आदि हिसाबले पनि तरकारीखेती महत्वपूर्ण छ । कतिपय तरकारीहरु औषधीय गुण समेत भएका हुन्छन् । यद्यपि, शिक्षाको कमी तथा अन्नबालीमा आधारित खाद्यप्रणालीले गर्दा नेपालमा तरकारीको उपभोग अन्य देशहरुको तुलनामा कमै देखिन्छ । तर, पछिल्लो समयमा बढ्दो जनसङ्ख्या, शहरीकरण, जनचेतना वृद्धि तथा बदलिंदो खानपानका कारण तरकारीको माग बढ्दो छ । तरकारीबालीको उत्पादकत्व अन्य बालीको भन्दा धेरै तथा छोटो समयमा पनि उत्पादन लिन सकिने भएकाले व्यावसायिक तरकारीखेतीतर्फ कृषकहरुको आकर्षण पनि बढ्दो छ ।


परापूर्वकालदेखि नै व्यक्तिगत उपभोगका लागि तरकारीखेती गरिदै आएको भएता पनि व्यावसायिक प्रयोजनका लागि भने धेरै पछि मात्रै यसको सुरुवात भएको पाईन्छ । नेपालमा तरकारीखेतीको संस्थागत थालनी सन १९६७ मा बागवानी विभागको स्थापना पश्चात भएको मानिन्छ । वि.सं. २०२९ सालमा बागवानी विभागलाई कृषि विभागमा गाभिएपछि बागवानी विकास कार्यक्रमलाई चारओटा शाखाहरुमा विभाजन गरियो जसमध्ये तरकारी विकास शाखा र राष्ट्रिय आलुबाली विकास कार्यक्रम व्यावसायिक तरकारी खेतीको विकास र विस्तारमा क्रियाशील भए । त्यसपछि विश्व खाद्य तथा कृषि सङ्गठन (एफ.ए.ओ.) को सहयोगमा वि.सं. २०३४ सालमा ताजा तरकारी तथा बिउ उत्पादन योजना लागु भएपछि तरकारीबालीको विकासमा मुलुकले ऐतिहासिक फड्को मार्न पुग्यो ।

पुस्तक Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।



Post a Comment (0)
Previous Post Next Post