उन्नत गोलभेंडा खेती तथा वर्णशंकर बीउ उत्पादन प्रविधि

 

गोलभेंडा/टमाटर (Lycopersicon esculantum Mill.) सोलानेसी (Solanaceae) परिवार अन्तर्गतको फल समूहमा पर्ने एक महत्वपूर्ण तरकारी हो । गोलभेंडा संसारकै आलुपछिको प्रमुख उपभोग्य तरकारी बाली हो । यो एक वर्षीय स्वंसेचित बाली हो । नेपालमा यसको खेती विभिन्न समयमा सबै हावापानीमा गर्न सकिन्छ । गोलभेंडा नेपालमा क्षेत्रफलको हिसाबले तेस्रो र उत्पादकत्वको हिसाबले खरबुजापछि दोस्रो महत्वपूर्ण बाली हो । गोलभेंडा खेतीको लागि न्यानो तथा घमाइलो मौसमको आवश्यकता पर्दछ । नेपालमा यसको खेती २२५६६ हेक्टरमा गरिन्छ । हाल यसको उत्पादन ४०६४३४ मे. टन र उत्पादकत्व १८.०१ मे.ट प्रति हेक्टर रहेको छ (MoALD, 2076) । गोलभेंडामा प्रशस्त मात्रामा भिटामिन ए, बी, सी, के का साथै फोलेट, थाइमिन, पोटास, क्याल्सियम, म्याग्नेसियम, फलाम, म्याग्नीज, फस्फोरस जस्ता आदि तत्वहरू पाइन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइने भएकोले यसलाई गरिबको सुन्तला पनि भन्ने गरिन्छ ।

यसलाई नेपाली खानाको एक अभिन्न अङ्ग मानिन्छ । यसलाई तरकारीको रुपमा, सलादको रुपमा, चट्नी तथा अचारको रुपमा र अन्य तरकारीसँग मिसाएर खानाका साथै यसबाट जाम, सुप, केचप बनाई प्रयोग गर्न सकिन्छ ।


पुस्तक Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।




Post a Comment (0)
Previous Post Next Post