उत्पादन वृद्धिको लागि गुणस्तरीय बीउको अपरिहार्यता रहन्छ । गुणस्तरीय बीउ उत्पादनको लागि बीउको जातीय गुणलाई कायम गर्नुका साथै बीउजन्य रोगहरुको पनि नियन्त्रण गर्नु पर्ने हुन्छ । प्रायः नेपालका मध्ये पहाडी भेगका कृषकहरुलाई प्राविधिक तवरले शुद्ध र रोगमुक्त बीउ उत्पादनका साथै सहकारी व्यवस्थापनद्वारा बीउ उत्पादन प्रविधिको कम ज्ञान भएको देखिन्छ । त्यसैले, यस मकैको बीउ उत्पादन प्रविधि पुस्तिकाको मुख्य उद्देश्य नै कृषकहरुमा मकैको बीउ उत्पादनका बारेमा प्राविधिक तथा व्यवस्थापकीय ज्ञानको वृद्धि गराउनुका साथै, मकैको उच्च गुणस्तरको बीउ उत्पादनमा वृद्धि गर्नु हो । प्राविधिक तथा व्यवस्थापकीय कृषि क्रियाकलापले मध्ये पहाडी क्षेत्रका मानिसहरुको जीविकोपार्जन वृद्धिमा पनि मद्दत पुयाउँछ ।
पुस्तिका Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।