नेपालको परिचय
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक विशेषता र भौगोलिक विविधतायुक्त राष्ट्र हो । नेपालको इतिहासको लामो कालखण्डमा विभिन्न शासन प्रणालीबाट राज्य संचालित हुनुको साथै समयसमयमा विभिन्न राजनीतिक प्रणाली, सामाजिक रुपान्तरण र विकासका पक्षहरूमा समेत परिवर्तन र सुधार हुँदै आएको छ । वास्तवमा नेपाल परिचय नेपालको विविधतायुक्त पहिचान र नेपाललाई सुन्दरता र छुट्टै अस्तित्व भएको को रुपम अडिग भई उभिएको छ । नेपालको भौगोलिक अवस्था, शासन प्रणाली, राजनैतिक र संवैधानिक विकास र विभिन्न जाति, भाषा, संस्कार र संस्कृतिलाई समेटी सबै नेपालीलाई एकतामा बाँध्नको लागि यो पुस्तक सक्षम हुनेछ भन्ने आशा र अपेक्षा लिएका छौं । राज्यका सम्पूर्ण विषयवस्तुको बारेमा सत्य तथ्य र सही सूचना र जानकारी आम नेपाली नागरिकबीच पुऱ्याउनु राज्यको दायित्व र कर्तव्य पनि हो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना हुनुको साथै सबैको समान पहुँच, प्रतिनिधित्व र समावेशी अवधारणा अवलम्बन गरी राज्यले सोहीअनुरुप नीति, कार्यक्रम निर्धारण गरी कार्यान्वयनमा रहेको अवस्थामा नेपाल परिचय पुस्तकले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्मका सबै विषयलाई संक्षिप्तरुपमा समेटी तयार गरिएको यो पुस्तकले नेपालको सन्दर्भमा चासो र उत्सुकता राख्नेहरूको लागि थोरै भएपनि आवश्कता पूर्ति गर्नेछ भन्ने अपेक्षा लिएका छौं ।
प्रस्तुत पुस्तकमा सबै प्रकारका विषयलाई संक्षिप्त रुपमा राख्ने प्रयास गरिएको छ । पुस्तक तयार गर्दा विभागले सकेसम्म कुनै प्रकारको त्रुटी नहोस् भनी सचेत भई तयार गरेको भएपनि पुस्तकमा पस्किएका विषयहरू उल्लेखित भाषा, शैली, प्रस्तुती आदिमा कमी कमजोरी अवश्य हुन सक्दछ । त्यसको लागि पाठकवर्गबाट सदैव रचनात्मक सुझाव र सुधारको लागि पृष्ठपोषण प्राप्त हुने नै छ भनी विभागले आशा गर्नुको साथै त्यस्ता सुझावको सदैव स्वागत गर्दछ आगामी संस्करणहरूमा विषय थप गर्दै परिष्कृत गर्दै लैजाने प्रण गर्दछौं ।
नेपाल परिचय प्रकाशन गर्ने सिलसिलामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री महेन्द्रमान गुरुङप्रति आभार प्रकट गर्दछु । पुस्तक तयार गर्ने सन्दर्भमा भाषा तथा विषयवस्तु सम्पादन गर्नुहुने श्री गेहनाथ गौतम एवं पुस्तकको आद्योपान्त विषयवस्तु संयोजन गर्ने छविकार श्री शालिकराम कोइराला लगायत विभागका सम्पूर्ण कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । अन्तमा विभागका उपसचिव श्री सुमन बज्रचार्य, कम्प्युटर अपरेटर श्री सुबास राई लगायत समयमा नै पुस्तक छपाई गरी उपलब्ध गराउने सुनकोशी छापाखाना प्रा. लि. लाई पनि धन्यवाद दिन चाहन्छु ।
किताब Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।